दुर्गा प्रसाईंका अंगरक्षक पनि पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । तीनकुने घटनाका कमाण्डर दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् । प्रहरीले आज एक विज्ञप्तिमार्फत प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ ।
उनीहरू दुवैलाई काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका प्रसाईंलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएर भद्रपुरबाट पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस