तीनकुने घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । संघीय संसद्को एक समितिले गृहमन्त्री रमेश लेखकसँग सोधपुछ गर्ने भएको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो ।
समिति सचिवालयका अनुसार २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानवअधिकार उलंघनबारे गृहमन्त्रीसँग छलफल हुनेछ ।
बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस