४ जना पत्रकारलाई ६ वर्ष जेल सजाय

रुसी अभियोजनकर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको सङ्गठनलाई सहयोग गरेको आरोपमा चार जना स्वतन्त्र पत्रकारलाई छ वर्षको जेल सजायको माग गरेका छन् ।
मस्कोले सन् २०२२ को युक्रेन आक्रमण सुरु गर्नुभन्दा केही समयअघि नै नाभाल्नीको सङ्गठनलाई ‘अतिवादी’ भन्दै प्रतिबन्ध लगाएको थियो र गत वर्ष आर्कटिक जेलमा नाभाल्नीको मृत्युपछि पनि उनीहरूसँग सम्बन्ध रहेको ठानिएका जो कोहीमाथि पनि कारबाही जारी राखेको छ ।
युक्रेनमा सेना पठाएपछि रुसले रूसी सङ्घ, सङ्गठन वा समूहहरूलाई सोभियत कालको उत्तरार्धसँग तुलना गर्न प्रतिबनध गरेको छ ।
पत्रकार एन्टोनिना क्राभत्सोभा, कोन्स्टेन्टिन गाबोभ, सर्गेइ कारेलिन र आर्टेम क्रिगरमाथि ‘अतिवादी समूहमा भाग लिएको’ आरोप लागेको छ ।
अभियोजनकर्ता नादेज्दा तिखोनोभाले ती सबैलाई पाँच वर्ष ११ महिना जेल सजायको माग गरेको मस्कोको नागाटिन्स्की अदालतले जनाएको छ ।
यस्तो कसुरमा बढीमा छ वर्षको जेल सजाय हुन सक्छ ।
समाचार संस्था मिडियाजोनाका अनुसार पत्रकारहरूलाई सुनुवाई स्थगित हुनुभन्दा पहिले हलमा राखिएको बेला अभियोजनकर्ताले अनुरोध गरेको सजायलाई पत्रकारले बाहिर ल्याउन र सञ्चारमाध्यममार्फत् सार्वजनिक गर्न सफल भएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक तथा मुख्य प्रतिद्वन्द्वी नाभाल्नीको मृत्यु भएको केही महिनापछि गत वर्षको वसन्त र ग्रीष्मऋतुमा उनीहरूलाई पक्राउ गरिएको थियो ।
युक्रेन आक्रमणको समयमा रुसमा सामान्य रूपमा देखापरेझैं उनीहरूलाई बन्द ढोकापछाडि मुद्दा चलाइएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस