शिक्षकहरू ८ दिनदेखि सडक संघर्षमा, प्रधानमन्त्रीको हलुका टिप्पणीले शिक्षामन्त्री अनिर्णीत
.png)
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा आठ दिनयता आन्दोलनमा छन् ।
२० गतेदेखि काठमाडौंका सडकमा हजारौँको संख्यामा शिक्षक कर्मचारी बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रदर्शन गर्दै आएका छन् ।
आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई सरकारले वार्तामा आउन पटकपटक आग्रह गर्दै आएको छ । तर, आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले वार्ताभन्दा पनि शिक्षा ऐन जारी गर्नुपर्ने कसिलो अडान राखेका छन् ।
सरकारले बोलाएको वार्ताको टेबुलमा शिक्षक नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनलाई हल्का टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले शिक्षकहरूले आन्दोलन गर्नै नपर्ने बताएका छन् । उनले एउटा डेलिगेसन गरे पुग्ने भन्दै हल्का टिप्पणी गरेपछि शिक्षकले आन्दोलनलाई कसिलो बनाएका छन् ।
प्रधानमन्त्रीको हलुका टिप्पणीले शिक्षामन्त्री विद्या भट्टराई अनिर्णीत बनेकी छन् । उनी स्वयं हालसम्म कुनै निर्णयमा पुगेकी छैनन् ।
तपाईको प्रतिक्रिया दिनुहोस