कांग्रेस–एमालेका तत्कालीन नेता राजावादी आन्दोलनमा, राजसंस्था र हिन्दुराज्य पुनःस्थापना गर्ने प्रतिबद्धता
.png)
काठमाडौं । डा.जगमान गुरुङ नेतृत्वको राजावादी संयुक्त जनआन्दोलन समितिले पत्रकार सम्मेलन गरेको छ । आज (बुधबार) काठमाडौं स्मार्टदरबार शंखपार्कमा उक्त समितिले पत्रकार सम्मेलन गरेको हो ।
सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेस त्यागेका कर्ण मल्ल र नेकपा (एमाले) त्यागेकी गंगा चौधरी पनि उपस्थित थिए । यसअघि राजावादी आन्दोलनमा कतै नदेखिएका यी दुई नेता पत्रकार सम्मेलनमा देखिएका छन् ।
गुरूङ नेतृत्वको आन्दोलन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मल्ल र चौधरीले राजसंस्था र हिन्दुराज्य फर्काउने प्रतिबद्धता गरेका छन् ।
यहीँ चैत १५ गते काठमाडौंको तीनकुनेमा नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वको राजावादी हिंसात्मक आन्दोलन एक जना पत्रकार र अर्का नागरिकको ज्यान गएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस