Techie IT
२०८२ वैशाख ५, शुक्रबार

सरकारले मिश्र र राणालाई बिनासर्त रिहा नगरे सामूहिक गिरफ्तारी दिने राजावादीको चेतावनी


काठमाडौं । राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आगामी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत चैत १५ गते भएको आन्दोलनको क्रममा पक्राउ परेकालाई बैशाख २१ सम्म रिहा गर्नुपर्ने सर्त सो समितिको रहेको छ ।

तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष नवराज सुवेदीसहित पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतलाई रिहा नगरे बैशाख २२ गते सामुहिक गिरफ्तारी दिने बताए ।

समितिले बैशाख २१ सम्म समय सीमा तोकेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट