Techie IT
२०८२ वैशाख ५, शुक्रबार

काठमाडौं उपत्यकामा वर्षा : धुलाम्य सडकको अवस्था उस्तै, घटेन वायुप्रदूषणको मात्रा


काठमाडौं । काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)का केही क्षेत्रमा हल्का वर्षा भएको छ । लामो समयदेखि वर्षा नभएको काठमाडौं उपत्यकामा बुधबार वर्षा भएको हो । 

काठमाडौंको एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोटलगायतका स्थानमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौं उपत्यकाका सडकको अवस्था भने उस्तै रहेको छ । हल्का वर्षाका कारण सडकको अवस्था धुलाम्य छ भने विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं कायमै छ । 

बुधवार बिहानैदेखि पूर्वी तराईका झापा, मोरङलगायत जिल्लाहरूमा पनि मेघगर्जनसहित वर्षा भएको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट