Techie IT
२०८२ वैशाख ६, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषधसहित थाइ महिला पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने करिब ६ किलोग्रामसहित थाईल्याण्डकी नागरिक प्रकाउ परेकी छिन् ।

२७ वर्षीया कोंकवान पुङस्वान मंगलबार दिउँसो पक्राउ परेकी हुन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागेजबाट उक्त वस्तु फेला परेपछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट