रविलाई चोख्याउन सिंगो रास्वपा आयोगमा, भन्यो– प्रहरी शयनकक्षमा पुग्नु र अन्तिम इच्छा सोध्नु गलत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि ज्यादती भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएको छ ।
आज (बुधबार) बिहान ११ः३० बजे आयोगको कार्यालयमा पुगेर प्रहरीले ज्यादती गरेको भन्दै मावन अधिकार आयोगको ध्यानाकर्षण गराएको रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।
गत शुक्रबार रविलाई पक्राउ गर्ने क्रममा प्रहरीले ज्यादती गरेको रास्वपाको आरोप छ ।
सुप्रिम सहकारी ठगी प्रकरण र संगठित अपराध मुद्दामा जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।
आदेशपछि शुक्रबार राति नै पक्राउ गर्न रविको निजी निवास बूढानीलकण्ठ प्रहरी पुगेको थियो ।
उनलाई पक्राउ गर्दा न्यायिक प्रक्रिया नपुर्याएको र पक्राउ गर्न गएका प्रहरी अधिकृतले अपमानजनक व्यवहार र शब्द (अन्तिम इच्छा के छ ?) प्रयोग गरेको रास्वपा नेताहरूले आरोप लगाएका छन् ।
रविलाई सोमबार रूपन्देही कारागारमा थुनामा पठाइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस