Techie IT
२०८२ वैशाख ४, बिहीबार

चार देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको विजयी सुरुवात, कतार पराजित


हङकङमा जारी चार देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले कतारलाई निर्धारित २० ओभरमा १५१ रनमा रोकेको थियो । त्यसक्रममा कतारले ५ विकेट गुमाएको थियो ।

१५२ रनको विजयी लक्ष्य पछ्यउँदै ब्याटिङमा उत्रिएको नेपालले १७ ओभरमा २ विकेट गुमाउँदै १५४ रन बनाएर लक्ष्य पूरा गरी ८ विकेटको जित निकालेको हो ।

नेपालका लागि कुशल भुर्तेलले १९ बलको सामना गर्दै ३८ रन जोडे भने आशिफ शेखले २१ बलमा ३३ रन बनाए । कप्तान रोहित पौडेल २९ बल खेलेर ३७ रनमा नटआउट रहँदा ३३ बल खेलेका बसिर अहमद ३० रनमा नटआउट रहे ।

कतारका लागि मुजिबुर रहमानले ३ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए । अन्य बलहरूले कुनै पनि विकेट लिन सकेनन् । नेपालविरुद्ध कतारले ७ जनालाई बलिङ गराएको थियो ।

नेपालका लागि करण केसीले ४ ओभर बलिङ गर्दै ३० रन खर्चिएर १ विकेट लिए । त्यस्तै सोमपाल कामीले पनि ४ ओभर बलिङ गर्दा २७ रन दिएर १ विकेट लिँदा समान ओभर बलिङ गरेका नन्दन यादवले २८ रन दिएर १ विकेट लिए । 

गुल्सन झा र ललित राजवंशीले भने २/२ ओभर बलिङ गर्दै १/१ विकेट लिए । गुल्सनले २४ रन खर्चिए भने राजवंशीले १२ रन मात्र दिए । उता ४ ओभर बलिङ गरेका दिपेन्द्रसिंह ऐरीले २६ रन खर्चिए पनि विकेटविहीन रहे ।

कतारका लागि अरुमुगागनेश नागराजनले १२ बलमा १३ रन जोड्दा इक्रामुल्ला खानले ५४ बल खेल्दै ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै शाहजैब जमिलले २१ बलमा ३१ रन जोड्दा मुजिबुर रहमानले १९ बलमा नटआउट २० र मोहम्मद इर्सादले ७ बलमा नटआउट १८ रन जोडे । कतारका अन्य ब्याटरहरूले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङमा जारी प्रतियोगितामा नेपालसहित हङकङ, कुवेत र कतारबीच खेल हुनेछ । यी चार टिमले एकअर्कासँग खेल्नेछन् भने शीर्ष स्थानमा रहेका दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।

नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको हो । नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप, एलिट कपलगायत प्रतियोगितामा ५ महिनादेखि नेपाली खेलाडीहरू व्यस्त थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट