Techie IT
२०८२ वैशाख ४, बिहीबार

बल्खुको सुरक्षामा कडाइ, हजारौँ सुरक्षाकर्मी परिचालन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा खबरदारी सभा गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएको र्याली बल्खुमा पुगेर खबरदारी सभामा परिणत भएको छ । 

आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका कार्यक्रम स्थलमा विभिन्न ठाउँबाट आएका मानिसहरू बल्खु आइपुगेका छन् भने अन्य आउने क्रम जारी छ ।

राजसंस्था पुनस्र्थापना, संघीयता खारेजीलगायत एजेन्डासहित राप्रपाले प्रदर्शन र आमसभा गरेको छ । 

राप्रपाले आयोजना गरेको जनप्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ ।

हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी खटिएका छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट