बल्खुमा राप्रपा प्रदर्शनकारीभन्दा धेरै सुरक्षाकर्मी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मंगलबार) प्रदर्शन गर्ने भएको छ । बल्खुमा जनप्रदर्शनका लागि सबै तयारी पूरा भएको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनमा देशैभरबाट राप्रपा समर्थकहरू बल्खुमा भेला हुने छन् । जनप्रदर्शनका लागि प्रवेश गर्न ६ वटा रुटमा सुरक्षाकर्मीले ट्राफिक डाइभरसन गरेको छ ।
राप्रपाको नेतृत्वमा हुने प्रदर्शनमा काठमाडौं भित्रिने विभिन्न नाकामा सुरक्षा व्यवस्था निकै कडाइ गरिएको छ । प्रदर्शनस्थलमा यतिबेला हजारौँको संख्यामा सुरक्षाकर्मी तैनाथ छन् ।
प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीभन्दा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । विवादित व्यवसायी दुर्गा प्रसाईंको पनि प्रदर्शनमा समर्थन रहेको भन्दै प्रहरी, सशस्त्र प्रहरी हातहतियारसहित बल्खुमा तैनाथ छन् ।
यसअघि राप्रपासहित राजावादीहरूले गत फागुन २५ र चैत १५ गते भव्य प्रदर्शन गरेका थिए । तीनकुनेको प्रदर्शनमा प्रदर्शनकारीले ठूलो धनजनको क्षति पुर्याएका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस