Techie IT
२०८२ वैशाख ४, बिहीबार

ट्रम्पले ५०५ थप भन्सार महसुलको चेतावनी दिएपछि ‘अन्त्यसम्म लड्ने’ चीनको प्रतिज्ञा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको ५० प्रतिशत थप भन्सार महसुलको धम्कीविरुद्ध चीनले मङ्गलबार ‘अन्त्यसम्म लड्ने’ प्रतिज्ञा गरेको छ ।

चीनको उक्त घोषणाले विश्व बजारबाट पहिले नै खर्बौं डलर गुमाइसकेको व्यापारिक युद्धलाई अझ बढाएको छ ।

ट्रम्पले गत हप्ता व्यापक भन्सार महसुल लगाएर विश्व अर्थतन्त्रलाई हल्लाउनुभएको थियो । यसले अन्तर्राष्ट्रिय मन्दीको खतरा उत्पन्न गरेको छ तर बजारमा नाटकीय गिरावट आए पनि उहाँले आफ्नो आक्रामक व्यापार नीतिमा कुनै विराम दिने सम्भावनालाई अस्वीकार गरेका छन् ।

विश्वको दुई ठूला अर्थतन्त्र बीचको भिडन्तमा वासिङ्टनको प्रमुख आर्थिक प्रतिद्वन्द्वी बेइजिङले बिहीबारदेखि लागु हुने अमेरिकी सामानहरूमा आफ्नै ३४ प्रतिशत भन्सार शुल्कको घोषणा गरेर प्रतिक्रिया दिएको छ ।

चीनबाट आएको द्रुत प्रतिक्रियाले ट्रम्पबाट नयाँ चेतावनी प्राप्त गरेको छ । यदि बेइजिङले उहाँको भन्सार महसुलको ब्यारेजविरुद्ध पछि हट्न अस्वीकार गरे उहाँले थप शुल्क लगाउने बताएका छन् । यसले चिनियाँ वस्तुहरूमा कुल भन्सार शुल्क १०४ प्रतिशत पुर्याए ।

“मलाई चीनप्रति ठूलो सम्मान छ तर उनीहरूले यस्तो गर्न सक्दैनन्”, ट्रम्पले ह्वाइट हाउसमा भने, “हामीसँग एउटा मौका छ।।। म तपाईंलाई के भन्छु भने, यो गर्नु सम्मानको कुरा हो ।”

अमेरिकाले गरेको ‘ब्ल्याकमेलिङ’ को आलोचना गर्दै चीनले तुरुन्तै प्रतिक्रिया दिएको छ र यस्तो कार्यलाई ‘कहिल्यै स्वीकार नगर्ने’ बताएको छ ।

“यदि अमेरिका आफ्नै बाटोमा हिँड्न जोड दिन्छ भने, चीनले अन्त्यसम्म लड्ने छ । ट्रम्पको धम्कीले एक पटक फेरि अमेरिकाको ब्ल्याकमेल गर्ने प्रकृतिलाई उजागर गर्दछ”, बेइजिङको वाणिज्य मन्त्रालयका प्रवक्ताले मङ्गलबार भने, “यदि अमेरिकाले आफ्ना भन्सार शुल्क उपायहरू बढाउँछ भने, चीनले आफ्नो अधिकार र हितहरूको रक्षा गर्न दृढतापूर्वक जवाबी कदम चाल्नेछ ।”

मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग ‘संवाद’ चाहेको र ‘व्यापार युद्धमा कुनै विजेता नहुने’ दोहोर्‍याएको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट