राप्रपाको नेतृत्वमा राजावादीको पुनः प्रदर्शन हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज विशाल प्रदर्शन गर्दैछ ।
भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो ।
चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुने प्रचार विभागले जनाएको छ ।
सो प्रदर्शनलाई सफल बनाउने पूर्वतयारीका लागि हिजो केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । बैठकले प्रदर्शन सभ्य, अनुशासित र भव्इ बनाउने निर्णय गरेको छ ।
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसार्इं नेतृत्वको गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आजको प्रदर्शन अनुशासित बनाउने बताइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस