नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्नुभएको छ ।
गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु-याउनुभएको योगदान विषयक अन्तरक्रियामा उहाँले चन्द्रशेखरको भूमिकाको प्रशंसा गर्नुभएको हो ।
“चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । उनिहरूले नेताको रूपमा राजनीतिक परिवर्तनमा खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ,” उनले भनेका छन्, “२०४६ सालको जनआन्दोलनलाई सफल बनाउन चन्द्रशेखरज्यूले खेल्नुभएको भूमिका स्मरणीय छ ।” उनले चन्द्रशेखरको प्रेरणाले नेपाल–भारतको सम्बन्ध झन् बलियो बनाएको बताए ।
नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पनि नेपालमा २०४६ मा भएको जनआन्दोलनलाई सफल बनाउनमा चन्द्रशेखरको भूमिकाको स्मरण गरेका थिए । “भारतमा प्रधानमन्त्री हुँदा नेपाललाई निकै सहयोग गरेका थिए उनले । बिपी कोइरालासँगको सम्बन्ध पनि राम्रो थियो”, उनले भने, “२०४६ सालको आन्दोलनमा उहाँ नेपालमै आएर गणेशमान सिंहको घरमा भाषण गरेर महत्त्वपूर्ण योगदान गरेका थिए ।”
तपाईको प्रतिक्रिया दिनुहोस