Techie IT
२०८१ चैत्र २५, सोमबार

योगमाया विश्वविद्याल सरकारको प्राथमिकतामा


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयको दीर्घकालीन गुरुयोजना तर्जुमाका लागि आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा उनले आयुर्वेद क्षेत्रको विकासका लागि योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए  ।

हिमालय र आयुर्वेद क्षेत्रको आफ्नै सम्बन्ध छ, सङ्खुवासभा लगायतका जिल्लाहरु जडीबुटीको केन्द्र भएकाले यसलाई सही प्रयोग गर्न यस्ता विश्वविद्यालयले सहयोग पुग्नेछ”, उनले भनेका छन् । मन्त्री खड्काले विदुषी योगमायाले आफ्नो समयमा गरेको क्रान्तिकारी कामलाई आयुर्वेद विश्वविद्यालयमार्फत सरकारले सम्झन लागेको उल्लेख गरे । उनले विश्वविद्यालयका लागि चाँडो नै कर्मचारी व्यवस्थापन हुनेसमेत बताए ।

ऊर्जामन्त्री खड्काले सरकारले ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले ऊर्जा क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सकिने बताउँदै सरकारले त्यस्ता नागरिकका लागि जलविद्युत् क्षेत्रमार्फत रु दुई लाखदेखि पाँच लाखसम्मको शेयरको व्यवस्था गर्न लागेको उल्लेख गरे । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट