दिवंगत पत्रकार रजकका परिवारलाई देउवाको आश्वासन– दोषीमाथि कडा कारबाही हुन्छ

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले दिवंगत पत्रकार सुरेश रजकका परिवारसँग भेट गरेका छन् ।
तीनकुनेमा राजावादीहरूको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकका परिवारलाई देउवाले भेटेर दोषीमाथि कडा कारबाही हुने बताएका छन् ।
उनले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कानुनी कारबाही हुने बताएका छन् । घटनामा संलग्न कोहीकसैले उन्मुक्ति नपाउने उनको भनाइ थियो ।
सुरेश रजकका परिवारले पीडितलाई न्याय दिने अवस्था बनाउन देउवासमक्ष आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस