Techie IT
२०८१ चैत्र २५, सोमबार

नेपाल १ रनले पराजित, १ खेलअगावै अफगानिस्तान युथ ओडीआई सिरिजको विजेता


काठमाडौं । नेपालले ३ खेलको युथ ओडीआई सिरिज अफगानिस्तानलाई सुम्पेको छ । 

मूलपानी क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा एक रनले पराजित भएसँगै नेपालले सिरिज अफगानिस्तानलाई सुम्पेको हो । 

पहिलो खेलमा नेपाल १३० रनले पराजित भएको थियो ।

दोस्रो खेलमा अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ३ बलमा १६७ रनमा समेटियो । 

नेपाललाई जितका लागि ३ बलमा ३ रन आवश्यक थियो । एक विकेट हातमा थियो । अन्तिम बल नो-बल भए पनि दर्श सोनार रनआउट हुँदा एक रनको नमीठो हार व्यहोर्नुपर्‍यो । सोनार ३१ बलमा २१ रन बनाएर आउट भए ।

नेपालका लागि ओपनर साहिल पटेलले ६४, अभिषेक तिवारीले २४, निरजकुमार यादवले १५ रन र कप्तान नरेन भट्टलृ १३ रन बनाए ।

बलिङमा अफगानिस्तानका वाहिदुल्लाह जार्डान, जइतुल्लाह साहीन र हफिज जार्डानले समान २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान १६८ रनमा समेटिएको थियो । अफगानिस्तानका लागि कप्तान मेहबुब खानले सर्वाधिक ५८ रन बनाएका थिए ।

बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट