संसद्को विशेष अधिवेशन बोलाएर शिक्षकको माग पूरा गरौँ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को विशेष अधिवेशन बोलाए भएपनि शिक्षकहरूको माग पूरा गर्नुपर्ने बताएका छन् ।
आज (आइतबार) काठमाडौंमा आयोजित स्वक्वःगु राष्ट्रिय सम्मेलन तयारी प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अरुरी पर्यो भने शिक्षकहरूको माग संसद्को विशेष अधिवेशन बोलाएर भएपनि पूरा गर्नुपर्ने बताएका हुन् ।
चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन कायम राखेका छन् ।
उनले भने, ‘शिक्षकहरूका माग पूरा गर्न जरूरी पर्यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्नेतिर हामी अघि बढ्छौँ । म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु ।’
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंगलबार राति १२ः०० बजे अन्त्य गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस