गणतन्त्रका लागि ज्ञानेन्द्र, गिरिजा र मैले हस्ताक्षर गरेपछि प्रचण्ड जोडिन आएका हुन् : नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरू तीन जनाले गणतन्त्रका लागि हस्ताक्षर गरेपछि प्रचण्ड पछि जोडिन आएको बताएका छन् ।
आज (आइतबार) आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेपालले तत्कालीन नेकपा (माओवादी) जनयुद्धअघि नै गणतन्त्रका लागि पूर्वराजा ज्ञानेन्द्र शाह, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र मबीच सहमति हस्ताक्षर भएको दाबी गरेका छन् ।
२०६२/०६३ को आन्दोलनपछि भएको त्यसबेलाको सहमतिमा तत्कालीन राजा ज्ञानेन्द्र शाह, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको दाबी नेपालले गरेका हुन् ।
अध्यक्ष नेपालले गणतन्त्र ल्याउन २०६३ वैशाख ११ गते भएको सहमतिलाई स्मरण गरे । ‘गिरिजाबाबु र म बस्यौँ, कागज तयार गर्यौँ, ज्ञानेन्द्र शाहले जनताको हातमा अधिकार सुम्पिसकेका थिए’, उनले भने, ‘त्यसपछि मात्रै माओवादी आन्दोलन पनि हाम्रो अभियानमा मिसिएको हो ।’
अध्यक्ष नेपालले तत्कालीन नेकपा एमालेमा रहँदैको समयमा पार्टीले २०६२ साउनमै गणतन्त्रमा जानेको निर्णय गरेको पनि बताए । ‘जनयुद्ध हाँकेका प्रचण्ड त पछि मिसिनु भएको हो’, उनले भने, ‘त्यतिबेला गिरिजाबाबु, ज्ञानेन्द्र र मैले पहिले नै सहमति गरिसकेका थियौँ ।
तपाईको प्रतिक्रिया दिनुहोस