कुलमानका समर्थकहरूको प्रदर्शन, पुनर्वहालीको माग

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्यु्त् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहालीको माग गर्दै प्रदर्शन उत्रिएका छन् ।
कुलमान पुनर्वहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा समर्थकहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारीहरूले प्राधिकरणमाथिको राजनीति बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।
चैतमा ११ गते बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस