गभर्नर नियुक्तिमा सत्तारूढ कांग्रेस नेताको असन्तुष्टि, भन्छन्– चलखेल भइरहेको छ

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि राजनीतिक चलखेल भइरहेको सुनेको टिप्पणी गरेका छन् ।
आज (आइतबार) काठमाडौंमा सुमन कर्माचार्यद्वारा लिखित आख्यान ‘कात्रोमा खल्ती’ को लोकार्पण गर्दै उनले राजनीतिक नियुक्तिका आधारमा गर्भनर बनाइयो भने मुलुकका लागि दुर्भाग्य हुने बताए ।
उनले बिचौलियाहरूलाई बीचमा आउन दिन नहुने बताए । उनले भने, ‘दण्डहीनता बढेको छ चेक गर्नुपर्यो ।’ उनले अख्तियारमा आफ्नो मान्छे होइन राम्रो मान्छे लैजान सुझावसमेत दिए । उनले भने, ‘आफ्नो मान्छे आफूलाई बचाउन लैजाने हो ।’
उनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले पनि दबाबमा परेर राजीनामा दिएको भन्ने विषय स्मरण गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस