कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भइरहेको छ ।
सर्वोच्चले दुवै रिटलाई प्राथमिकता दिएको छ । कुलमान र हितेन्द्रको रिटमा आइतबार नै पेसी तोकिएको थियो । तर, सुनुवाइ हुन सकेको थिएन ।
तपाईको प्रतिक्रिया दिनुहोस