राष्ट्रिय सभाबाट पारित विधेयकबारे प्रतिनिधिसभालाई जानकारी

काठमाडौं । राष्ट्रिय सभाले आजै पारित गरेका विभिन्न पाँचवटा प्रतिस्थापन विधेयकबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पति भएका पाँचवटा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन् ।
यी विधेयकहरू राष्ट्रिय सभाले संशोधनबिना पारित गरेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस