परराष्ट्रमन्त्री राणाले किनिन् दिल्लीमा नयाँ र पुराना पुस्तक
परराष्ट्रमन्त्री आरजु राणा देउवा यतिबेला भारतको औपचारिक भ्रमणमा रहेकी छिन् । ४ दिने भारत भ्रमणका क्रममा उनी आइतबार दिल्ली पुगेकै बेलुकी दिल्लीको चर्चित बजार खान मार्केटसमेत पुगेकी छिन् । दिल्ली पुगेपछि नेपाली दूतावासमा केही समय बिताएपछि राणा पुस्तक पसलमा गएकी थिइन् ।
नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि साथमा थिए । परराष्ट्रमन्त्री राणाले नयाँ र पुराना पुस्तकहरू किनेको दूतावासका अधिकारीले जनाएका छन् । राणाकै आग्रह अनुसार दूतावासका अधिकारीहरुले पुस्तक पसलमा लगेका थिए । नेपालमा केही समयअघि जापानकी परराष्ट्रमन्त्रीले नेपालको भ्रमण गर्दा काठमाडौंको जमलस्थित मण्डला पुस्तक पसलमा गएकी थिइन् ।
तपाईको प्रतिक्रिया दिनुहोस