Techie IT
२०८२ वैशाख ९, मंगलबार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी दायरामा ल्याइन्छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलन हिंसामा परिणत हुनुमा पूर्वराजाको समेत संलग्नता रहेको प्रधानमन्त्रीको दाबी छ ।

उनले जुनसुकै आवरणमा हिंस्रक आन्दोलन गर्नेलाई कानूनी दायरामा ल्याइने दाबी गरे । 

‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै भिड उत्साउने काम गर्यो,’ उनले भने, ‘पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृंखलावद्ध घटनामा आफ्नो धारणा सर्वजनिक गर्नुपर्दैन ।’

प्रधानमन्त्री ओलीले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिँदा राप्रपा सांसदहरू उठेर बिरोध जनाएका थिए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट