Techie IT
२०८२ वैशाख ९, मंगलबार

राजावादी आन्दोलनप्रति समाजवादी मोर्चा आक्रामक, क्षतिपूर्ति भराउने निर्णय


काठमाडौं । समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ । 

आज (सोमबार) बिहान नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त मोर्चाको बैठक सम्पन्न भएको हो । 

बैठमा राजावादीहरूले चैत १५ गते काठमाडौंको तीनकुनेमा जनप्रदर्शन गरेका थिए । सो प्रदर्शनमा ठूलो धनजनको क्षति भएको छ । 

एक जना पत्रकार र अर्का युवाले ज्यान गुमाएका छन् भने निजी आवासमा समेत क्षति पुर्याएका थिए । 

यसका साथै उनीहरूले कान्तिपुर टेलिभिजन र अन्नपूर्णपोष्टको कार्यालयमा समेत ढुंगा मुढा प्रहार गरेका थिए भने जडीबुटीस्थित एक सरकारी भवनमा आगजनी गरेका थिए । 

त्यसको क्षतिपूर्ति आन्दोलन उक्साउनेबाट भराउने समाजवादी मोर्चाले निर्णय गरेको छ । 

त्यस्तै हत्या र लुटपाटलगायतका घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि माग र गणतन्त्रवादी दलहरूबीच अन्तक्र्रिया गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट