Techie IT
२०८१ चैत्र २०, बुधबार

नेपाललाई परम शस्त्रु मान्ने एमाले महासचिव किन पुगे एसको कार्यालय ?


काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय निरीक्षण गरेका छन् ।

आलोकनगरस्थित कार्यालयमा पुगेर शुक्रबार पूर्वराजा समर्थित आन्दोलनकारीले तोडफोड तथा क्षतिबारे जानकारी लिन उनी आइतबार त्यहाँ पुगेका थिए । 

घटनाबारे जानकारी लिएपछि महासचिव पोखरेलले उक्त घटनाको निन्दा गर्दै मुलुकका भौतिक संरचना, राजनीतिक दल, सञ्चारगृहमाथि अराजक समूहले गरेको आक्रमण लोकतन्त्रविरुद्ध रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले पनि एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेर घटनाक्रमबारे जानकारी लिनुभएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । 

आन्दोलनकारीले ढुङ्गामुढा तथा आगजनी गर्दा भवनका अधिकांश सिसा फुटेका, फर्निचर तथा महत्वपूर्ण कागजात जलेका छन् ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट