एकीकृत समाजवादीेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।
हिजो (शनिबार) बसेको पार्टी स्थायी समिति बैठकले समसमायिक राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताएका थिए ।
उनका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुनेछ ।
अस्ति (शुक्रबार) राजावादीहरूको प्रदर्शनमा प्रदर्शनकारीहरूले एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका थिए ।
कार्यालयको मूलगेट, झ्लालका सिसा र केही कुर्सी, टेबुल उनीहरूले तोडफोड गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस