प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव बीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन अमेरिका, न्युयोर्कमा रहेका बेला शनिबार साँझ स्थानीय समयअनुसार राष्ट्रसंघ भवनमा भेट गरेका हुन्। भेटमा विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।
यसअघि, प्रधानमन्त्री ओलीले जीवाष्म इन्धनमुक्त संसदीय सञ्जालको कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै कार्बन उत्सर्जन गर्ने मुलुकहरूले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा नेपालको स्पष्ट मान्यता रहेको बताए।
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, निजी चिकित्सक डा. दिव्या सिंह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सहसचिव अमृतकुमार राई, र शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतका सदस्यहरू समावेश छन्।
तपाईको प्रतिक्रिया दिनुहोस