प्रधानमन्त्रीले संसद् बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा उनले सम्बोधन गर्ने नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
विपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्ती गरेका विषयलाई लिएर तीन दिनदेखि संसद् बैठक अवरोध गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस