विपक्षीसामु झुके प्रधानमन्त्री ओली
_3.jpg)
काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफललाई तीव्र पारेका छन् ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग यसअघि छलफल गरेका हुन् ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासिया पनि सहभागी थिए ।
हिजो बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे बस्ने भनिए पनि बैठक बस्न नसकेपछि आज बिहान ११ः०० बजेसम्मका लागि स्थगित भएको गरिएको थियो ।
प्रतिपक्षी दलले घिसिङलाइ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनुपर्ने माग गरिरहेका छन् ।
तर, प्रधानमन्त्री ओलीले कर्मचारी हटाउँदैमा सरकारको निर्णयमा संसद्मा जवाफ नदिने अडान कसेका थिए ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आउँदो १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।
तपाईको प्रतिक्रिया दिनुहोस