प्रधानमन्त्रीले जवाफ नदिने अडान कसेपछि संसद्को गतिरोध अन्योल

काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफललाई तीव्र पारेका छन् ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि अझँै निकास निस्कन सकेको छैन ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासिया पनि सहभागी रहेका छन् ।
हिजो बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे बस्ने भनिए पनि बैठक बस्न नसके पछि आज बिहान ११ः०० बजेसम्मका लागि स्थगित भएको गरिएको थियो ।
प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर आज बिहान ११ः०० सम्म स्थगित गरिएको हो ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भएपछि बैठक बुधबारदेखि अवरोध हुँदै आएको बैठक अझैँ सुचारू हुन नसकिरहेको अवस्थामा आजका लागि बोलाइएको थियो ।
बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग हिजो दिनभर छलफल गरे पनि हल निस्कन नसक्दा बैठक २ दिनदेखि सञ्चालन हुन सकेको छैन् ।
प्रतिपक्षी दलले घिसिङलाइ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनुपर्ने माग गरिरहेका छन् । तर, प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् ।
उनले आफुले घिसिङ हटाउने बिषयमा संसदमा जवाफ नदिने बुधवार बताएपछि सत्ता पक्ष र प्रतिपक्षबीच टक्कर जारी रहेको छ । तर, प्रतिपक्षको अडान भने प्रधानमन्त्री ओलीले संसद्मा गएर जवाफ दिनुपर्ने कायमै रहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस