विरोध प्रदर्शनको अग्रपंक्तिमा प्रचण्ड
_2.png)
काठमाडौं । काठमाडौंमा गणतन्त्रवादीहरूले विरोध प्रदर्शन सुरु गरेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न गल्ली, चोकहरूबाट झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरू प्रदर्शनस्थल जाँदैछन् ।
समाजवादी मोर्चाको आयोजनामा गणतन्त्रवादीले प्रदर्शनीमार्गमा विरोध सभा गर्दैछन् ।
भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले जानकारी दिए ।
बबरमहल, कुपण्डोल, कलंकी, बालाजु लगायतका क्षेत्रमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाका कार्यकर्ताहरू प्रदर्शनका लागि उत्रिएका छन् ।
विरोध प्रदर्शनको अग्रपंक्तिमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस