पोखरामा मकैका ३६ जातमा अनुसन्धान गरिँदै

काठमाडौं । पोखरामा विभिन्न मकैका जातहरूमा अनुसन्धान गरिने भएको छ ।
प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसको कृषि तथा भेटेनरी विद्यार्थी समूहले मकैका ३६ वटा जातमा अनुसन्धान गर्ने भएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राडा सन्तोष मरहठ्ठाको सहयोगमा उक्त समूहले ३६ वटा मकैको जातमा अनुसन्धानका लागि विभिन्न ट्रायल गरेको छ ।
पोखराको माटो र हावापानीमा उपयुक्त हुने मकैको जातका लागि यो अनुसन्धानको थालनी गरिएको प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले बताएको छ ।
खेतको व्यवस्थापनदेखि रोपाइसम्म विशेष ध्यान दिएर प्रतिरोधात्मक प्रजातिहरू पत्ता लगाउन यो अनुसन्धान गरिएको हो ।
अनुसन्धान पश्चात् स्थानीय मकै उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने उक्त क्याम्पसको कृषि तथा भेटेनरी विद्यार्थी समूहले अपेक्षा गरेको छ ।
पोखरामा हालसम्म यति धेरै मकैका जातिमा पहिलो पटक अनुसन्धान हुँदैछ ।
अनुसन्धान गरिने मकैका जातहरू :
जातहरू : मनकामना ३,५,६,७,९
R-H 10, 14 ,16
N.M.H 1247 ,713
CP-666,808,838
Deuti
Posilo makai-1
97 Gold
Arun 4
PL 3300
TMMH 806
Bisco 940
Hybrid corn 9220
900m gold
Rajkumar
Mustange rato
Murali pahelo
MM 2568
Rampur 4
RH 14,10
Rampur conposite
Tx 369
Ganesh 2
CAH- 511
Murali seto
Local
CHS 55
.jpeg)



तपाईको प्रतिक्रिया दिनुहोस