Techie IT
२०८१ चैत्र २०, बुधबार

पूर्वराजा ज्ञानेन्द्रले राजेन्द्र, कमल र नवराजलाई पत्याएनन्, आन्दोलनको कमाण्डर बने दुर्गा


काठमाडौं । राजसंस्था पुनस्र्थापनाको लागि भोलि हुने आन्दोलनको कमाण्डरको दुर्गा प्रसाईंलाई दिइएको छ । 

आज (बिहीबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत राजावादी आन्दोलन समितिका संयोजक नवराज सुवेदीले आन्दोलनको कमाण्डर दुर्गा प्रसाईंलाई जिम्मेवारी दिएको जानकारी गराएका छन् । 

भोलि (शुक्रबार) उनकै नेतृत्वमा काठमाडौंमा राजावादीहरूले प्रदर्शन गर्दैछन् । राजावादीले काठमाडौं तीनकुनेको प्रदर्शन गर्नेछन् । 

उक्त आन्दोलन सफल बनाउन सुवेदीले सबैलाई सहभागी हुन अपिल समेत गरेका छन् । 

यसअघि निर्मल निवासको इशारामा नवराज सुवेदीले आन्दोलनको कमाण्डको जिम्मा पाएका थिए । तर, भोलि हुने आन्दोलनको कमाण्डर दुर्गा प्रसाईं हुनेछन् । 

राजसंस्था पुनस्र्थापनाका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिलोज्यान लगाएका छन् ।

तर, उक्त संस्था स्थापनाका लागि उनैले कमाण्डरको जिम्मा नपाएपछि राप्रपामा असन्तुष्टि बढेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट