Techie IT
२०८२ वैशाख ९, मंगलबार

कुलमानको रिट दर्ता, पहिलो पेसी भोलि


काठमाडौं । सरकारले आफूलाई गैरकानुनी ढंगले पदमुक्त गरेको भन्दै कुलमान घिसिङले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

उनले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्चमा दर्ता भएको छ ।

आफ्नो कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् । 

सर्वोच्च अदालतले शुक्रबारका लागि उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ । 

गत सोमबार सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको थियो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट