Techie IT
२०८२ वैशाख ९, मंगलबार

संसद्को गतिरोध अन्त्यका लागि छलफलमा सभामुख


काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन् । 

विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा विपक्षीले संसद् अवरोध गर्दै आएका छन् । 

हिजो (बुधबार) बसेको संघीय संसद्को दुवै सदन विपक्षीले अवरोधका गरेका थिए । विपक्षीले कुलमानलाई पदबाट हटाउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन् ।

तर, प्रधानमन्त्री ओलीले भने संसद्मा कुनै हालतमा जवाफ नदिने अडान लिएका छन् । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद्को गतिरोध कायमै राख्ने बताएका छन् । 

सभामुखले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सदनको गतिरोध अन्त्यका लागि छलफल गरिरहेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट