फार्मेसी अध्ययनरत छात्रा होस्टलमा झुण्डिएको अवस्थामा फेला

सांकेतिक
काठमाडौं । रौतहटको गरुडा नगरपालिका–१ जयनगर अवस्थित गजेन्द्र नारायण स्मृति अस्पतालमा डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
बारा जिल्ला विसरामपुर–५ इटियाही घर भएकी डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत १८ वर्षीया छात्रा आज (बिहीबार) होस्टलको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस