Techie IT
२०८१ चैत्र २०, बुधबार

कुलमान घिसिङ पुगे सर्वोच्चमा


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । 

उनले आफूलाई गैरकानुनी रूपमा पदबाट बर्खास्त गरेको भन्दै सर्वोच्च पुगेका हुन् । 

सोमबार मन्त्रिपरिषद् बैठकले गरेको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न उनले माग गरेका छन् । 

निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् । 

गल्ती, त्रुटी नगरेको अवस्थामा पनि सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको रिट निवेदनमा जिकिर गरेका छन् । 

कुलमानले आफ्ना प्रतिनिधिमार्फत बेलुकी ५ बजे सर्वोच्चमा रिट निवेदन पेस गरेका छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट