Techie IT
२०८१ चैत्र २८, बिहीबार

ठूलो परिमाणको सुनका गहनासहित १ जनालाई प्रहरीले लियो नियन्त्रणमा, अनुसन्धान जारी


काठमाडौं । स्वयम्भूबाट ठूलो परिमाणको सुनका गरगहनासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

हिजो (मंगलबार) सुनका गरगहना लिएर बेच्न हिँडेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

नुवाकोटको विदुर नगरपालिका–५ घर भई काठमाडौं कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकारलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले नियन्त्रणमा लिएको हो ।

उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।  

चित्रकारको साथबाट ठूलो परिमाणको सुनका गरगहना बरामद गरिएको छ । 

नौगेडी ११ थान, सिंगल गेडी माला ७ थान, क्रिस्टलसहितको सुनको माला १३ थान, मंगलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थान सहित १४ प्रकारका गहना प्रहरीले बरामद गरेको छ ।

उनलाई प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाएको छ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट