राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । पन्ध्र मिनेटका लागि स्थगन भएको राष्ट्रियसभाको बैठक पुनः सुरु भएको १० मिनेटमै स्थगित भएको छ ।
दिउँसो १ः१५ मा सुरु भएको राष्ट्रियसभाको बैठक प्रतिपक्ष दलका सांसदहरूको अवरोधका कारण १५ मिनेटका लागि स्थगन गरिएको थियो ।
१५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम आजै अपराह्न ३ः४५ बजे सुरु भएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलका सांसदहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति बैठकको सुरुमै उठेर विरोध जनाएका थिए ।
त्यसलगतै राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अर्को बैठक भोलि बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस