Techie IT
२०८२ वैशाख ९, मंगलबार

प्रधानमन्त्रीले कुलमान बर्खास्तीको चित्त बुझ्दो जवाफ नदिए आन्दोलनमा जान्छौँ : प्रचण्ड


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङ बर्खास्तको चित्त बुझ्दो जवाफ नदिए आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै  प्रचण्डले कार्यकारी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तबारे चित्त बुझ्दो जवाफ नआए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

कुलमानमाथि सरकारले जाझेल र षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । सरकारको यो कदमलाई स्वेच्छाचारीको प्रचण्डले संज्ञा दिएका छन् । 

‘प्रधानमन्त्रीले आएर जबाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेर भनिएकै छ। प्रधानमन्त्रीले यसलाई सहज किसिमले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ,’ उनले भने, ‘स्पष्टीकरण चित्तबुझ्दो भए हाउस चल्छ, स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अगाडि बढ्छ ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय गरेको थियो । 

त्यसयता काठमाडौं अशान्त बनेको छ भने संसद् बैठक विपक्षी दलले अवरुद्ध पार्दै आएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट