Techie IT
२०८१ चैत्र १९, मंगलबार

कुलमानलाई हटाउने निर्णय प्रमाणित गर्न मुख्य सचिवको आनाकानी


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय प्रमाणित गर्न मुख्य सचिवले आनाकानी गरेका छन् । 

हिजो (सोमाबार) बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो । 

उक्त निर्णय मुख्य सचिवले प्रमाणित गरेपछि मात्रै कुलमानलाई हटाउने र हितेन्द्र शाक्यलाई नियुक्त गर्न कानुनी प्रक्रिया सुरु हुन्छ । 

तर, मुख्य सचिवले नै यो समाचार तयार पार्दासम्म कुलमान हटाउने निर्णय प्रमाणित गरेका छैनन् । 

स्रोतले रैबार प्रेसलाई भन्यो, ‘मुख्य सचिवले आनाकानी गरिरहनुभएको छ । उहाँको सोच के छ, थाह भएन । तर, सरकारले निर्णय गरेको छ । उहाँको प्रमाणित पश्चात् नयाँ नियुक्ति प्रक्रिया अघि बढ्छ ।’

निर्णय प्रमाणित नहुँदा कुलमानलाई हटाएको र हितेन्द्रले नियुक्ति पाएको पत्र पाएका छैनन् । 

विद्युत् प्राधिकरण स्रोतले पनि पदमुक्त र नियुक्त हुने दुवैले पत्र नपाएको बताएको छ । 

कुलमानलाई हटाएको विरोधमा अहिले काठमाडौंका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट