Techie IT
२०८१ चैत्र २०, बुधबार

कुलमानको पदमुक्तविरुद्ध अखिल क्रान्तिकारीले आक्रामक विरोध प्रदर्शन गर्दै


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । 

विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्तविरुद्ध आक्रामक विरोध प्रदर्शन गर्ने भएको हो । 

आज (मंगलबार) अखिल (क्रान्तिकारी) क्याम्पस काठमाडौं जिल्ला समितिका अध्यक्ष प्रदीप भण्डारीले बागबजार क्षेत्रमा विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् । 

उनले भने, ‘कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारले घिसिङलाई प्रतिशोधका आधारमा पदमुक्त गरेको छ । यसको विरोधमा हामी उत्रिन्छौँ । त्यसैका लागि हामीले काठमाडौंमा आक्रामक प्रदर्शन गर्दैछौँ ।’

उज्यालो नेपालमा नायकलाई पदमुक्त गरेर विचौलियालाई पोस्न खोजेको भन्दै अध्यक्ष भण्डारीले आज बेलुका ६ बजे केन्द्रीय कार्यालय बागबजारमा प्रदर्शन गर्ने तयारी पूरा भएको बताए ।

प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । 

हिजो (सोमबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट