Techie IT
२०८१ चैत्र १९, मंगलबार

विभिन्न माग राख्दै विद्यार्थीद्वारा त्रिवि डीनको कार्यालयमा तालाबन्दी


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) डीनको कार्यालयमा तालाबन्दी गरिएको छ । सोमबार विद्यार्थीहरूले आफ्ना विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् । 

उनीहरूले विज्ञप्तिमार्फत परीक्षामा गलत प्रश्न सोध्नेमाथि कारबाहीको माग गर्दै शिक्षाशास्त्र संकाय डीनको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

शिक्षाशास्त्र केन्द्रीय विभागअन्तर्गत तेस्रो सेमेस्टरमा ६८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु सेमेस्टर प्रणाली नै अनुत्तीर्ण भएको उनीहरूको जिकिर गरेका छ । यसकासाथै उनीहरूले तेस्रो सेमेस्टरअन्तर्गत शैक्षिक मूल्यांक तथा मापन वियषयमा गलत प्रश्न सोध्नेमाथि कारबाहीको माग गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘प्रश्न नै गलत सोधेको कारणले गर्दा खेरी परीक्षाको नतिजा सन्तोषजनक नआएको सरोकारवाला पक्षलाई नै जानकारी छ ।’ 

यसका साथै उक्त विज्ञप्तिमार्फत उनीहरूले गलत प्रश्न सोध्नेमाथि कारबाहीको माग गर्नुका साथै विद्यार्थीको नतिजा पुनर्योगको व्यवस्था गर्न माग गरेका छन् । 

उनीहरूले आफ्ना माग अविलम्ब पूरा नभए जुनसुकै संघर्षमा उत्रिन तयार रहेको चेतावनी दिएका छन् । 

हेर्नुहोस् विज्ञप्ति :

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट