बागमतीसँग कर्णाली प्रदेश ९ विकेटले पराजित

काठमाडौं । बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
दाङको देउखुरी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको ५९ रनको लक्ष्य बागमतीले ६.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेर ऐतिहासिक सफलता हासिल गरेको हो ।
बागमतीका लागि इशान पाण्डेले २२, आशुतोष घिरैयाले १९ र शुभ कंसाकारले १६ रन बनाएका थिए भने कर्णालीका लागि एकमात्र विकेट दीपेन्द्र रावतले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णाली १९.१ ओभरमा ५८ रनमै समेटिएको थियो ।
जितसँगै आठ खेलमा ८ अंक जोडेको बागमती चौथो स्थानमा उक्लिएको छ भने पराजित कर्णाली समान खेलबाट ८ अंकका साथ पाँचौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया दिनुहोस