इजरायलद्वारा गाजामा स्थलगत आक्रमण

इजरायली सेनाले गाजा पट्टीमा आइतबार स्थलगत अभियान चलाएको छ । हमास शासित क्षेत्रमा भएको आक्रमणको करिब एक हप्तापछि राफा शहरमा भएको आक्रमणबाट भाग्न सेनाले प्यालेस्टिनीहरूलाई आग्रह गरेको छ ।
लेबनानमा भएको घातक आक्रमण र यमनबाट क्षेप्यास्त्र प्रहार भएपछि इजरायली सेनाले गाजाका केही भागमा पुनः आफ्नो सैन्य बल तैनाथ गरेको हो । इजरायली सेनाले जनवरीमा युद्धविरामलाई पुनर्जीवित गर्न आह्वान गरे पनि पछिल्लो चेतावनी जारी गरिएको हो ।
सैनिक प्रवक्ता अविचय अद्राईले एक्समा जारी गरेको वक्तव्यमा सेनाले दक्षिणी शहर राफाको एक जिल्लामा ‘आतङ्कवादी सङ्गठनहरूमाथि आक्रमण सुरु गरेको’ बताएका छन् ।
एएफपी संवाददाताका अनुसार ड्रोनबाट उक्त क्षेत्रमा खसालिएका पर्चामा पनि देखिएको सन्देशमा अद्राईले त्यहाँका प्यालेस्टिनीहरूलाई ताल अल–सुल्तान जिल्लाको ‘खतरनाक लडाकू क्षेत्र’ छोडेर उत्तरतर्फ जान आह्वान गरेका छन् ।
दक्षिणी गाजाको मुख्य शहर खान युनिसको एक परोपकारी भान्साघरमा १९ वर्षीया इमान अल–बर्दाविलले धेरै विस्थापित प्यालेस्टिनीहरूले ‘खान र पिउने खर्च’ को लागि सङ्घर्ष गरिरहेको बताए ।
“हामी रमजानको महिनामा छौँ । यो एक पवित्र महिना हो र मानिसहरू शरणार्थीका रूपमा यहाँ आउन बाध्य छन्,” आफूले वरपर देखेको पीडाप्रति दुःख व्यक्त गर्दै बर्डाविलले एएफपीसँग भने ।
“म यहाँ बच्चाहरूका लागि चामल लिन आएको हुँ, तर त्यो काम नगरिकन भाग्न बाध्य बनेको छु,” बार्दविलजस्तै उत्तरी गाजामा रहेको आफ्नो घर छोडेर भागेका सैद अबु अल–जिदयानले भने ।
तपाईको प्रतिक्रिया दिनुहोस