Techie IT
२०८१ चैत्र २०, बुधबार

किरण ठगुन्नाको दोस्रो शतक


काठमाडौं । सुदूरपश्चिमका ब्याटर किरण ठगुन्नाले जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो शतक प्रहार गरेका छन् । आइतबार लमहीमा ठगुन्नाले कोशी प्रदेशविरुद्ध ९१ बलमा ११५ रन बनाएका हुन् ।

ठगुन्ना जारी प्रतियोगितामा दुई शतक हान्ने एक मात्र ब्याटर हुन् । उनी यो प्रतियोगिताका ८ खेलमा दुई शतकसहित ३३७ रन बनाएर सर्वाधिक रन बनाउनेका शीर्ष स्थानमा छन् ।

आइतबार सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै कोशी प्रदेशलाई २४३ रनको लक्ष्य दिएको छ । लगातार विकेट गुमाएको सुदूरपश्चिम ४३.४ ओभरमा अलआउट भएको थियो । छैटौँ नम्बरमा ब्याटिङ गरेका ठगुन्नाले १२ चौका र ४ छक्का प्रहार गरी दोस्रो शतक बनाएसँगै सुदूरले फाइटिङ स्कोर बनाएको हो ।

कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले चार विकेट लिए । अब केही समयपछि कोशी प्रदेशले जवाफी ब्याटिङ गर्नेछ । दुवै टिम फाइनलको दौडबाट बाहिरिसकेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट