Techie IT
२०८१ चैत्र २०, बुधबार

स्तनक्यान्सर सचेत महिला हाफ म्याराथनको उपाधी निशा शार्कीको पोल्टामा


ललितपुर । सधैँ घरायसी काममा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्ने उद्देश्यले आज ललितपुरमा महिला ‘हाफ  म्याराथन’ आयोजना गरियो ।

स्तनक्यान्सरबारे सचेत गराउने मुख्य लक्ष्यका साथ आयोजित प्रतियोगितात्मक हाफ म्याराथनमा सुनसरी रोकायाले उपाधि चुमेका छन् ।

यसैगरी, १० किलोमिटर दौडको उपाधि निशा शार्की, पाँच किलोमिटरमा सरस्वती भट्टराई र तीन किलोमिटरको उपाधि सम्झना राईले हात पारेका हुन् ।

हाफ म्याराथनमा पुष्पा भण्डारी दोस्रो र निर्मला केसी तेस्रो भएकी छन् । दश किलोमिटर दौडमा आशा रावत दोस्रो र सुमित्रा चौधरी तेस्रो भएका छन् । 

पाँच किलोमिटरमा अनुश्रिया तण्डुकार दोस्रो तथा ममिता धामी तेस्रो भएकी छन् । तीन किलोमिटर दौडतर्फ गायत्री श्रेष्ठ दोस्रो तथा शुपृता थापा तेस्रो भइन् । 

दौडमा बालिकादेखि वृद्धासम्मको सहभागिता थियो । प्रतियोगिता लेजर पोर्ट नेपालले आयोजना गरेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट